रौतहटमा सुटकेसभित्र फेला परेकी महिलाको सनाखत, हत्या गरिएको आशंका

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (६ महिना अघि)
  • ५ पटक पढिएको
रौतहटमा सुटकेसभित्र फेला परेकी महिलाको सनाखत, हत्या गरिएको आशंका

रौतहट, ०८ भदौ। रौतहटमा शनिबार राति बन्द सुटकेसभित्र फेला परेकी महिलाको सनाखत भएको छ।

मृतक माधव नारायण नगरपालिका–२ महादेवपट्टी माइत भएकी २६ वर्षीय रुवीकुमारी साह भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन् । उनका अनुसार मृतक रुवीको स्थायी घर भारतको मुजफ्फरपुर हो र उनको एक छोरा पनि छन्।

एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएकी रुवीकुमारीलाई हत्या गरी सुटकेसभित्र हालेर सडकमा फ्यालेको हुन सक्ने प्रहरीको आशंका छ।

शनिबार राति साढे १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा शंकास्पद अवस्थामा सुटकेस भेटिएको थियो। प्रहरी रातभर निगरानीमा बसेर आइतबार बिहान सुटकेस खोल्दा भित्र महिलाको शव फेला परेको हो। उनको घाँटी सल र डोरीले बेरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ। यसअघि सप्तरीका उपेन्द्र भगत नेपाल लजमा मृत अवस्थामा, र गौर–५ मा सहाबुदिन मियाको चक्कु प्रहारबाट हत्या भएको थियो।

स्थानीयबासीले पछिल्ला दिनमा बढ्दो आपराधिक घटनालाई लिएर चिन्ता व्यक्त गर्दै रौतहटमा प्रहरीको सुरक्षा व्यवस्थामा कमजोरी रहेको आरोप लगाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस