६ किलो भन्दा बढी गाँजासहित बिरगंजबाट दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (६ महिना अघि)
  • ३ पटक पढिएको
६ किलो भन्दा बढी गाँजासहित बिरगंजबाट दुई जना पक्राउ

वीरगन्ज, ०८ भदौ। नेपाल – भारत मैत्री बसमार्ग हुँदै लागुऔषध भारततर्फ तस्करी गर्न खोज्ने दुई भारतीय नागरिक वीरगन्जमा पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले आइतबार वीरगन्ज महानगरपालिका – १६ क्षेत्रमा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र मुम्बईका ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकबाल सय्यद रहेका छन्। उनीहरू सवार बा ५ ख १२३७ नम्बरको नेपाल–भारत मैत्री यात्रुवाहक बसमा तलासी गर्दा झोलामा लुकाइ ल्याइएको ६ किलो ४ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गाँजासहित दुवैलाई सशस्त्र प्रहरीले थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस