पूर्व सभामुख पारुबीको गोली हानी हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १५, आईतबार (५ महिना अघि)
  • ३ पटक पढिएको
पूर्व सभामुख पारुबीको गोली हानी हत्या

काठमाडौं, १५ भदौ। युक्रेनको पश्चिमी सहर एल्भिभमा शनिबार पूर्व सभामुख तथा सांसद एन्ड्री पारुबीको गोली हानी हत्या भएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको पुष्टि गर्दै विस्तृत छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्।

५४ वर्षीय पारुबीको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। उनीमाथि कसले, किन आक्रमण गर्‍यो भन्नेबारे भने हालसम्म केही प्रष्ट खुल्न सकेको छैन। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ। पारुबी सन् २०१६ देखि २०१९ सम्म युक्रेनी संसदका सभामुख रहे।

यसअघि उनी सन् २००४ को ‘ओरेन्ज रिभोलुसन’ र सन् २०१४ को ‘मेडन रिभोलुसन’का प्रमुख समर्थक तथा चर्चित नेताका रूपमा चर्चित थिए। जेलेन्स्कीले यस घटनालाई राष्ट्रकै ठूलो क्षति भन्दै न्यायिक प्रक्रियामार्फत दोषीलाई कारबाही गर्ने दृढता व्यक्त गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस