
बिरगंज, १९ भदौ। भारत–नेपाल सीमा नजिक रक्सौलमा इमिग्रेशन विभागले एक नाइजेरीयाली नागरिकलाई फर्जी पासपोर्टसहित पक्राउ गरेको छ।
पक्राउ परेका युवकको नाम उचे जोसेफ ओकोके रहेको छ। उनी सन् २०१२ अप्रिल १५ मा मेडिकल भिसामा भारत प्रवेश गरेका थिए। तर पछि उनी डिपोर्ट भएका थिए।
यसपटक उनले नाम परिवर्तन गरी फर्जी परिचयपत्रका आधारमा पुनः भारत प्रवेश गर्ने प्रयास गरेका थिए। उनी २०२५ सेप्टेम्बर ३ मा नेपालका काठमाडौँ विमानस्थल हुँदै फर्जी परिचयपत्र प्रयोग गरेर रक्सौल प्रवेश गर्न खोज्दा इमिग्रेशन विभागको टोलीले नियन्त्रणमा लिएको हो।
इमिग्रेशन विभागले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि हरैया थानामा बुझाएको जनाएको छ।
अधिकारिहरूका अनुसार पक्राउ परेका ओकोकेमाथि थप अनुसन्धान जारी छ।
