अछाममा दुई किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १९, बिहिबार (५ महिना अघि)
  • ५ पटक पढिएको
अछाममा दुई किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं, १९ भदौ। अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

अछामको तुर्माखाँद  गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने बाँकी रहेको बताए ।

घटनाबारे जानकारी पाउनसाथ प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ गइसकेको प्रजिअ सारुले अनलाइनखबरलाई जानकारी दिए ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार वडा नम्बर ६ का दुई किशोरी घरदेखि झन्डै ५/७ सय मिटरको दूरीमा रहेको वनकझ रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनले भने, ‘दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन थिए । घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।’

अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १५ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन् । १६ वर्षकी किशोरी विवाहित हुन् । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् । उनी पनि एक महिना अघि मात्रै घर फर्किएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस