सर्लाही, २३ पुस । सर्लाहीको बलरा नगरपालिकाको मिर्जापुरमा बुधवार विहान गोठमा आगलागि हुँदा करिव डेढ लाखको क्षति भएका छ ।
बलरा नगरपालिका–६, मिर्जापुरमा आज बिहान २ बजेको समयमा नन्दलाल साहको फुसको गोठमा विद्युत सर्ट भएर आगलागि हुँदा उक्त मुल्य बराबरको धनमाल बराबरको क्षति भएको हो ।
सर्लाही प्रहरीका अनुसार, आगलागिबाट गोठसहित गोठभित्र रहेको अन्न, कपडालगायत सम्पूर्ण सरसामग्री पूर्णरुपमा जलेर नष्ट हुँदा एक लाख ४६ हजार रुपियाँ बराबरको सम्पत्ती जलेर नष्ट भएको छ ।
आगलागिमा एउटा पाडो मरेको छ भने एक बाख्रा र एक भैँसी जलेर घाइते भएको बताइएको छ । आगलागि भएपछि तत्कालै घरधनी सहितका छिमेकीहरु आगो नियन्त्रणको प्रयास गर्दा भैसी र बाख्रालाई बचाउन सफल भएपनि अन्य जोगाउन सकिएन ।


