दार्चुलामा माटोको ढिस्को दुर्घटना, एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २४, बिहिबार (९ महिना अघि)
  • १०० पटक पढिएको
दार्चुलामा माटोको ढिस्को दुर्घटना, एक जनाको मृत्यु

धनगढी, २४ पुस। दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा राना आफ्नो घरदेखि १ किलो मिटर टाढा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौड स्थित घर लिपपोतको लागि बुधवार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारको लागी गोकुलेश्वर अस्पताल गोकुलेश्वर, दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस