कांग्रेस संस्थापन पक्षको पत्रकार सम्मेलन स्थगित, नयाँ मिति तय हुन बाँकी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २५, शुक्रबार (१ महिना अघि)
  • ५ पटक पढिएको
कांग्रेस संस्थापन पक्षको पत्रकार सम्मेलन स्थगित, नयाँ मिति तय हुन बाँकी

काठमाडौं, २५ पुस। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ ।  शुक्रबार दिउँसो १ः ०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि २ दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवशेन बोलाएका छन् ।

त्यो विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कार्यालयले विधानविपरीत भएको भन्दै कार्यसम्पादन समितिबाट निर्णय गर्दै महाधिवशेन प्रतिनिधिहरूलाई उपस्थित नहुन भनेको छ । यसै सन्दर्भमा गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस