काठमाडौं, २५ पुस। पाल्पामा कालीगण्डकी करिडोरअन्तर्गत पिपलडाँडा–गैडाकोट सडक अन्तर्गत रामपुर नगरपालिका–६, कालीआँपमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
रामपुर नगरपालिका–७, मझुवाका ६४ वर्षीय श्याम बहादुर सेन ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गेझा बर्दलेबाट रामपुरको बेझाड जाने क्रममा लु७८प २८०७ नम्बरको मोटरसाइकलले पैदलयात्री ठकुरीलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते ठकुरीलाई उपचारका लागि तत्काल रामपुर अस्पताल पुर्याएकामा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताए ।
ठक्कर दिएर दुर्घटनामा परेको मोटरसाइकल चालक रामपुर–६, तिलकपुरका २३ वर्षीय हिमाल राना र पछाडि बसेका २१ वर्षीय मेगबहादुर खन्गाहा घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । मोटरसाइकल चालकलाई रामपुर अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पठाइएको छ ।


