दाङ, २६ पुस। प्रहरीले ठूलो मात्रामा ब्राउन सुगर बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट घोराहीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो ।
घोराही १४ खोलीगाउँका ३४ को सुशील गहतराज ३२ वर्षिय अमर नेपालीको साथबाट ४७ ग्राम ६ सय ७० मिलिग्राम भएको लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले लु ८० प ६३१ नम्वरको मोटरसाइकल पनि बरामद गरेको छ । उनीहरूलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।


