संखुवासभा, २६ पुस। संखुवासभाको खाँदबारी नगरपालिका–७ लविङहिलमा मोटरसाइकल र अटो ठोकिदाँ ३ जना घाइते भएका छन् । आज बिहान करिब साढे ११ बजेतिर खाँदबारी–७ लविङहिलस्थित कोशी राजमार्गमा खाँदबारीबाट सेकाहातर्फ जाँदै गरेको को ३८ प १०८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट खाँदबारीतर्फ आउँदै गरेको प्र.१–०२–००५ ह १५९६ नम्बरको अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा अटो सडकबाट अन्दाजी २५ मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनामा खाँदबारी–९ भेडेटार बस्ने ३२ बर्षिय खेमराज मगर, सभापोखरी– ३ पावा बस्ने वर्ष २२ कि सविना राई र अटोमा सवार वर्ष २५ कि विपना राई घाइते भएको प्रहरीले जनाएको छ ।


