काठमाडौं, २६ पुस। गोलभेँडा (टमाटर) संसारको सबैभन्दा राम्रो फल हो। यो हामीले भनेको होइन, अमेरिकी स्वास्थ्य एजेन्सी ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ (सीडीसी) का पोषण विज्ञहरूले बताएका हुन्।
यसका लागि उनीहरूले पोषक तत्त्वले भरिपूर्ण संसारका ४१ वटा फलफूल र तरकारीहरू छनोट गरेका थिए। यो अध्ययनमा गोलभेँडाको न्युट्रिएन्ट डेन्सिटी (पोषण घनत्व) २०.३७ रहेको पाइयो। यो सूचीमा रहेका सबै फलफूल र तरकारीमध्ये सबैभन्दा बढी थियो।
गोलभेँडामा लाइकोपीन जस्तो शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र शरीरमा अक्सिडेटिभ स्ट्रेस कम गर्छ। यो भिटामिन सी, भिटामिन के र पोटासियम जस्ता भिटामिन तथा मिनरल्सले भरिपूर्ण हुन्छ।
तपाईंको मनमा प्रश्न उठ्न सक्छ, गोलभेँडा कसरी फल हो ? वास्तवमा वैज्ञानिक रूपमा गोलभेँडा फल नै हो, किनकि यो फूलबाट विकसित हुन्छ र यसको भित्र बीउ हुन्छन्। यद्यपि, खानपान र पकाउने शैलीमा यसलाई तरकारीको रूपमा प्रयोग गरिन्छ। त्यसैले आम मानिसहरू यसलाई तरकारी मान्छन्।
आज हामी गोलभेँडाको बारेमा कुरा गर्नेछौं। साथै जान्नेछौँ, यसमा कुन-कुन भिटामिन र मिनरल्स हुन्छन्? गोलभेँडाका स्वास्थ्य फाइदाहरू के के हुन् ? कस्ता मानिसले गोलभेँडा खानु हुँदैन ?


