प्रादेशिक चुनावको तयारी : एमाले केन्द्रीय सदस्यहरूको रणनीति बैठक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २७, आईतबार (१ महिना अघि)
  • ४ पटक पढिएको
प्रादेशिक चुनावको तयारी : एमाले केन्द्रीय सदस्यहरूको रणनीति बैठक

काठमाडौं, २७ पुस। केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौँमै प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् । सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहितको बैठक राखेर रणनीति बनाउन लागेका हुन् ।

यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यालय च्यासलमा त कतिपयले आफूलाई अनुकूल हुने स्थानमा आयोजना गरेका छन् । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रित रणनीति बनाउन सहज होस भन्ने उद्देश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् ।

लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आइतबार बैठक बोलाएका छन् । मधेस, बागमती, कोशी, सुदूरपश्चिमले सोमबारलाई बैठक बोलाएका छन् । कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैँ उपस्थित हुने तयारी गरेको नेताहरूले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस