प्रधानमन्त्री कार्की राप्रपाको चियापानमा पुगे

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २७, आईतबार (१ महिना अघि)
  • ५ पटक पढिएको
प्रधानमन्त्री कार्की राप्रपाको चियापानमा पुगे

काठमाडौं, २७ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् ।

पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो । चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की केहीबेर अघि पुगेकी हुन् ।

आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको उपस्थिति थियो । अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस