३ बजेसम्म प्रतिनिधि सहभागिता : १,७०० भन्दा बढीले गरे हस्ताक्षर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २७, आईतबार (१ महिना अघि)
  • ६ पटक पढिएको
३ बजेसम्म प्रतिनिधि सहभागिता : १,७०० भन्दा बढीले गरे हस्ताक्षर

काठमाडौं, २७ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

दिउँसो ३ बजेसम्म १७ सय प्रतिनिधिले नाम दर्ता गरिसकेको सचिवालयले जानकारी दिएको छ । बिहान ८ बजेदेखि दर्ताको काम सुरु भएको हो ।

महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका थिए । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ । महाधिवेशन सोमबारसम्म चल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस