रौतहट २९ पुस । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–२ मा एक जना अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन । सशस्त्र प्रहरी बलको चेकपोष्ट क्याम्प नजिकै रहेको औरैया टोलमा आज बिहान ती पुरुषको शव देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।
घटनास्थलमा पुगेको सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले प्रारम्भिक मुचुल्का गरी शवको कानुनी प्रक्रिया अघि बढाएका छन् । हालसम्म मृतकको नाम, ठेगाना तथा पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी तथा सम्बन्धित निकायको सहयोगमा मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ। मृतकको पहिचानसम्बन्धी कुनै जानकारी भए नजिकैको सशस्त्र प्रहरी बल (BOP) कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जानकारी दिएको छ ।


