कञ्चनपुर कारागारमा झडप, चिर्पट प्रहारबाट थुनुवा घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ८, आईतबार (१ महिना अघि)
  • १४५ पटक पढिएको
कञ्चनपुर कारागारमा झडप, चिर्पट प्रहारबाट थुनुवा घाइते

धनगढी, ०८ चैत। कञ्चनपुर कारागारमा रहेका थुनुवाबीच विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा वेदकोट नगरपालिका—९ घर भएका गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।

कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ घर भएका थुनुवा भुवन ऐरले चिर्पट प्रहार गरेको डीएसपी शाहीले बताए ।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरा मुक्त छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस