कालीगण्डकी नदीमा बेपत्ता भएका दुईमध्ये एकजनाको शव फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (१ हप्ता अघि)
  • १०५ पटक पढिएको
कालीगण्डकी नदीमा बेपत्ता भएका दुईमध्ये एकजनाको शव फेला

पाल्पा, ०२ वैशाख। पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना मध्ये एकजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, नयाँ वर्षको पहिलो दिन दिउँसो बगनासकाली गाउँपालिका-७, दैलातुङ्गस्थित नदीमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका थिए ।

बेपत्ता भएका बगनासकाली-९ बस्ने ३९ वर्षीय शरण भुसाल र सोही स्थानका २९ वर्षीय तोयनाथ बस्यालमध्ये बस्यालको शव फेला परेको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा बस्यालको शव बुधबार बिहान घटनास्थल नजिकै नदीको बीच भागमा फेला परेको हो ।

यस्तै अर्का बेपत्ता भुषालको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजी गरेको थियो ।

पाल्पा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीका अनुसार बेपत्ता भुसालको खोजीका लागि सुरक्षाकर्मीको टोली निरन्तर खटिरहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस