कञ्चनपुरमा १७ वर्षदेखि फरार बलात्कार अभियुक्त पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (१ हप्ता अघि)
  • ९२ पटक पढिएको
कञ्चनपुरमा १७ वर्षदेखि फरार बलात्कार अभियुक्त पक्राउ

धनगढी, ०२ वैशाख। कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेको प्रहरीले जनाएको छ ।

रानालाई जिल्ला अदालतले २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै  ३ वर्ष कैद सजाय सुनाइएको थियो । तर, उनी त्यहीँ बेलादेखि फरार थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस