पद नपाउँदा असन्तुष्टि, कांग्रेस सांसद कुँवरले दिए राजीनामा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २, बुधबार (९ घण्टा अघि)
  • ९७ पटक पढिएको
पद नपाउँदा असन्तुष्टि, कांग्रेस सांसद कुँवरले दिए राजीनामा

काठमाडौं, ०२ वैशाख। नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिएका छन् ।

आजको मितिदेखि लागु हुने गरी कुँवरले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन् ।

गण्डकीमा आज मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिमण्डलमा उनी मन्त्री हुन चाहन्थे । तर मन्त्री बन्न नपाएको झोकमा उनले राजीनामा दिएका हुन् ।

‘मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारी सहित मतादेश र जनादेश दिनु भएका आममतदाता, शुभचिन्तक शुभेच्छुक जनमा कोटीको६ नमनसहित कृतज्ञता व्यक्त गर्दछु । आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु,’ कुँवरले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

आफू कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘यस कार्यकालमा मलाई अवसर दिनु भएकोमा दलका नेता, प्रदेश सभा सदस्य, समिति, राष्ट्र सेवक करम्चारी र मेरो पार्टी नेपाली कांग्रेस लगायत मिडिया सबै जनमा कोटीकोटी नमन व्यक्त गर्दछु । गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारको पूर्ण कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ राजीनामा पत्रमा कुँवरले  लेखेका छन् ।

हेर्नुहोस् राजीनामा :

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस