रास्वपा संसदीय दलको बैठक, सभापति उम्मेदवार चयन हुँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (३ घण्टा अघि)
  • ६७ पटक पढिएको
रास्वपा संसदीय दलको बैठक, सभापति उम्मेदवार चयन हुँदै

काठमाडौं, ०३ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ ।

दिउँसो सवा १२ बजे सिंहदरबारमा बैठक बस्ने छ । उक्त बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस