टर्की विद्यालयमा गोलीकाण्ड, १४ वर्षीय छात्रद्वारा ९ जनाको हत्या

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (३ घण्टा अघि)
  • ९१ पटक पढिएको
टर्की विद्यालयमा गोलीकाण्ड, १४ वर्षीय छात्रद्वारा ९ जनाको हत्या

काठमाडौं, ०३ वैशाख। टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो ।

टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका दौरान १४ वर्षीय आक्रमणकारी पनि मारिएका छन् । बुधबार भएको गोलीबारीको कारण खुल्न नसकेको बीबीसीले जनाएको छ ।

टर्कीका सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारी छात्रले दुईवटा कक्षा कोठामा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएको थियो । ती छात्रसँग पाँच थान बन्दुक र  सात म्यागेजिन रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

आक्रमणबारी छात्रका बुवा सेवानिवृत्त प्रहरी अधिकारी भएको बताइएको छ । यसअघि मंगलबार पनि टर्कीको दक्षिणी क्षेत्रको एक हाई स्कुलमा पनि एक पूर्वछात्रले गोली चलाएको थियो ।

उक्त गोलीबारीमा १६ जना घाइते भएका थिए । पछि आक्रमणकारीले आफैंलाई गोली हानेका थिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस