
काठमाडौं, ०३ वैशाख। नेपाली कांग्रेसका सांसद मोहन आचार्यलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति बनाउने तयारी गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त बैठकमा लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दलका सांसद आचार्यलाई बनाउनेबारे छलफल भएको हो ।
‘मोहन आचार्यलाई उम्मेदवार बनाउने कुरा भएको छ । केही बेरमा निर्णय लिएर उम्मेदवारी दिन्छौं’ काङ्ग्रेसका एक नेताले भने ।
आचार्य रसुवाबाट निर्वाचित सांसद हुन् ।
