बिस्कुटमा रौं भेटिएपछि उद्योगमाथि कारबाही, २ लाख जरिवाना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (१ महिना अघि)
  • १२६ पटक पढिएको
बिस्कुटमा रौं भेटिएपछि उद्योगमाथि कारबाही, २ लाख जरिवाना

विराटनगर, ०६ बैशाख। बिस्कुटमा रौं भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बिस्कुट उत्पादन गर्ने उद्योगलाई कारबाही गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटगर र उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त अनुगमन गर्ने क्रममा एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि दुहबी, सुनसरीबाट उत्पादन भएको बिस्कुटमा रौं भेटिएको हो।

विभागले उक्त उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं परेको भन्ने उजुरी प्राप्त भएको र सोको सम्बोधन गर्ने क्रममा उद्योगको उत्पादन स्थलमा अनुगमन गरी थप अनुसन्धानको लागि उजुरी परेको ब्रान्डको बिस्कुटको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरको प्रयोगशालामा परीक्षणका लागि पठाएको जनाएको छ।

विभागको टोलिसँग संयुक्त रूपमा खटिएको उपभोक्ता संरक्षण कार्यालय विराटनगरद्वारा कसुरबापत २ लाख रुपैयाँ जरिवाना गरेको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस