विष्णुमति खोला क्षेत्रमा हतियार फेला, प्रहरीको अनुसन्धान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (४ दिन अघि)
  • ९२ पटक पढिएको
विष्णुमति खोला क्षेत्रमा हतियार फेला, प्रहरीको अनुसन्धान सुरु

काठमाडौं, ०६ बैशाख। चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला परेको छ ।

काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ ।

बरामद पेस्तोल टाइप-५४ रहेको छ । सोही पेस्तोलको म्यागजिन ७ थान भेटिएको हो ।

महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको हो । ९ एमएम बेरेटा पेस्तोलको गोली ५८ राउण्ड बरामद भएको हो ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस