त्रिदेवी मन्दिरको जग्गा मिचेर बनाइएको संरचनामा महानगरले चलायो डोजर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ७, सोमबार (३ घण्टा अघि)
  • ७७ पटक पढिएको
त्रिदेवी मन्दिरको जग्गा मिचेर बनाइएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं, ०७ वैशाख। काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन शुरु गरेको छ ।

ठमेलको मुख्य केन्द्रमा रहेको प्रसिद्ध त्रिदेवी मन्दिर आसपासका अनधिकृत भौतिक संरचनाहरू काठमाडौं महानगरपालिकाले भत्काएको हो । सोमवार सुरक्षाकर्मी र डोजरसहित पुगेको महानगरको टोलीले मन्दिरको सौन्दर्य र सार्वजनिक आवागमनमा बाधा पुर्‍याइरहेका संरचनाहरू हटाएको हो ।

त्रिदेवी मन्दिर काठमाडौंको ऐतिहासिक र धार्मिक महत्वको स्थल हो । यहाँका अनधिकृत संरचना हटेसँगै मन्दिर परिसर खुला भएको छ । सम्पदा प्रेमीहरूले भने महानगरको यो कदमको स्वागत गरेका छन् । उनीहरूका अनुसार पुरातात्विक क्षेत्रलाई व्यवस्थित बनाउन यस्ता कदम जरुरी छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस