केपी ओली बिना एमालेको ब्यानर, राजनीतिमा नयाँ संकेत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (२ घण्टा अघि)
  • ४४ पटक पढिएको
केपी ओली बिना एमालेको ब्यानर, राजनीतिमा नयाँ संकेत

 काठमाडौं, ०८ वैशाख। नेकपा एमालेले पार्टीका संस्थापक नेताहरूको तस्वीर मात्र राखेर ब्यानर तयार पारेको छ ।

महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्वीर राखिएको छ । तर अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन ।

यसअघि एमालेले पार्टीका हरेकजसो ब्यानरमा ओलीको तस्वीर राख्ने गरेको थियो । नेताहरूका अनुसार भोलि मनाइने स्थापना दिवसमा ओली आउनेबारे समेत निश्चित छैन ।

‘केही नेताहरूले सम्बोधन गरेर सामान्य तरिकाले स्थापना दिवस मनाउने तयारी भइरहेको छ । तर वक्ताहरूको टुंगो लागेको छैन,’ एमाले स्रोतले भन्यो ।

अघिल्ला वर्षहरूमा एमालेले स्थापना दिवसलाई भव्य रूपमा मनाउने गरेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस