स्रोत नखुलेको रकमसहित कलङ्कीबाट २ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (२ घण्टा अघि)
  • ६२ पटक पढिएको
स्रोत नखुलेको रकमसहित कलङ्कीबाट २ जना पक्राउ

काठमाडौं, १० वैशाख। काठमाडौँमा स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट स्रोत नखुलेको नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस