बुद्ध जयन्तीकै दिन बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा भत्काइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (२ घण्टा अघि)
  • ४१ पटक पढिएको
बुद्ध जयन्तीकै दिन बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा भत्काइयो

काठमाडौं, १८ वैशाख। बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर लगाएर भत्काइएको छ ।

२०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा आज वैशाख १८ गते शुक्रबार वैशाख शुक्ल पूर्णिमाको दिन भत्काइएको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने क्रममा गुम्बा पनि भत्काइएको हो ।

गुम्बामा काठमाडौं महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ भएका बुद्धमूर्ति र अन्य महत्वपूर्ण सामानहरु बाहिर निकालिएको थियो ।

बल्खु, टेकु नजिक पर्ने वंशीघाट, बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रम आज बिहानैदेखि जारी छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस