प्रदूषण नियन्त्रण अभियान: ३७ सवारीसाधनमाथि कारबाही

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
प्रदूषण नियन्त्रण अभियान: ३७ सवारीसाधनमाथि कारबाही

काठमाडौं, १८ वैशाख। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारीसाधनलाई बिहीबार कारबाही गरेको छ ।

काठमाडौँको कलङ्की मन्दिरस्थित सडक खण्डमा आज गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

उनले भने, “वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले ४८ वटा सवारीसाधनलाई जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका हुन् ।”

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी मात्र चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्पूर्ण चालकहरूलाई अनुरोध गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस