काठमाडौँका चार स्थानमा आज डोजर चलाइँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १९, शनिबार (१ घण्टा अघि)
  • ५८ पटक पढिएको
काठमाडौँका चार स्थानमा आज डोजर चलाइँदै

काठमाडौं, १९ वैशाख। सरकारले दोस्रो चरणमा सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले शनिबार पनि निरन्तरता पाइरहेको छ । सरकारले बिहानै देखि सुकुमबासी बस्ती र नदी आसपास क्षेत्रका बस्तीमा बाक्लो रुपमा प्रहरीको उपस्थितिमा डोजर चलाएको छ ।

शनिबार बिहान सुरुमा स्वयम्भू क्षेत्रबाट डोजर चलाएको थियो । त्यसपछि बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलाईरहेको छ । त्यस्तै,अनामनगर धोवी खोला किनारको बस्तीमा पनि सरकारले डोजर चलाएको छ ।

शुक्रबार मात्रै सरकारले काठमाडौँका टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको थियो । शुक्रवार बल्खुमा ४०१ (घर, टहरा र छाप्रो), बंशीघाटका १९३ र शंखमुलका  १५० पक्की घरहरू भत्काएको थियो । बस्तीमा डोजर लागेपछि १ हजार ४१४ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरीगाउँ र मनोहरा लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो। सरकारले सुमुमबासी व्यवस्थापनका गर्न भन्दै अहिले बस्तीहरूमा डोजर चलाइरहेको छ ।

तर, सुकुमबासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलाएको भन्दै आलोचना भइरहेको छ ।

त्यस्तै,आलोचना मात्रै नभएर नदी किनारमा घरभएका अन्य मानिसहरुलाई समेत त्रास पैदा भएको छ । सुकुमबासीको पहिचान नहुँदा नदी किनारका जोसुकैको घरहरु भत्काउने देखिएसँगै अन्य नागरिक समेत आतङ्कित बन्न थालेका छन् ।

हुलमुलमा आफ्नो घर भत्काउन सक्ने भन्दै नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बस्न थालेका छन् । शुक्रवार शंखमुल क्षेत्रका नागरिकले घरमा जग्गाधनी पुर्जा टाँसेका थिए भने शनिवार धोबीखोला रुद्रमती मन्दिर क्षेत्रमा डोजर चलेसँगै यहाँका बासिन्दाले पनि आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस