मृगौलाको पत्थरीको अपरेशनपछि बिरामीको मृत्यु, लापरबाहीको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १९, शनिबार (१ घण्टा अघि)
  • ५५ पटक पढिएको
मृगौलाको पत्थरीको अपरेशनपछि बिरामीको मृत्यु, लापरबाहीको आरोप

काठमाडौं, १९ वैशाख। नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।

भण्डारीलाई मृगौलामा पत्थरी भएपछि उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन उनको दुरबिन प्रविधिबाट अप्रेसन गरिएको थियो । अपरेशन सफल भएपछि अब्जरभेसनमा राखिएको अवस्थामा उनको स्वास्थ्य बिग्रीएको थियो । उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले शनिबार बिहान प्रदर्शन गरेका हुन् । नोबेल मेडिकल कलेजका व्यवस्थापक दीपेश राईले उपचारमा लापरवाही नभएको दाबी गरे । शल्यक्रिया गरिएका विरामीकोस्वास्थ्य बिग्रिएपछि थप उपचारका क्रममा मृत्यु भएको बताउँदै उनले भने, ‘उपचारमा लापरवाही भएको छैन ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस