कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दै समाजवादतर्फ अघि बढ्ने प्रचण्डको घोषणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (४ महिना अघि)
  • १५१ पटक पढिएको
कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दै समाजवादतर्फ अघि बढ्ने प्रचण्डको घोषणा

काठमाडौं, २० वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् ।

आज यहाँ मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने बताएका हुन् ।

‘हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिस्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ । अब बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौं,’ उनले भने ।

उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडि बढाइने बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस