जगुआर प्लाइको ब्रान्ड एम्बेसडरमा क्रिकेटर सोमपाल कामी नियुक्त

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (२ घण्टा अघि)
  • ५५ पटक पढिएको
जगुआर प्लाइको ब्रान्ड एम्बेसडरमा क्रिकेटर सोमपाल कामी नियुक्त

काठमाडौं, २१ वैशाख। नेपाल – मे ३. २०२६ – Shree Ganesh Plywood Industries Pvt. Ltd. अन्तर्गत सञ्चालित जागुआर प्लाइ उच्च गुणस्तरका प्लाइउड प्यानल तथा ल्यामिनेट उत्पादन गर्ने एक अग्रणी ब्रान्डले प्रख्यात नेपाली अन्तर्राष्ट्रिय क्रिकेटर Sompal Kami लाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ ।

यस रणनीतिक सहकार्यले कम्पनीलाई नेपालभर आफ्नो उपस्थिति सुदृढ बनाउन तथा गुणस्तर, मजबूती र विश्वासप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुयाउने विश्वास लिइएको छ।

नेपाली क्रिकेटमा विश्वसनीय र समर्पित खेलाडीका रूपमा परिचित सोमपाल कामी आफ्नो निरन्तर प्रदर्शन, कडा मेहनत र भरोसायोग्यताका लागि परिचित छन् । उनका यी गुणहरू जागुआर प्लाइको ‘मजबुती टिकाउपन र विश्वास’ भन्ने ब्रान्ड मूल्यसँग प्रत्यक्ष रूपमा मेल खान्छन्।

यस सहकार्य अन्तर्गत, सोमपाल कामीले डिजिटल क्याम्पेन, ब्रान्ड प्रमोशन, डिलर इन्गेजमेन्ट कार्यक्रम तथा देशव्यापी विज्ञापनमार्फत जागुआर प्लाइको प्रतिनिधित्व गर्नेछन्। यसले निर्माण व्यवसायी, ठेकेदार, आर्किटेक्ट, डिलर तथा आम उपभोक्तासँग ब्रान्डको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

जागुआर प्लाइका निर्देशक Rohit Nemani ले भन्नुभयो “हामी सोमपाल कामीलाई जागुआर प्लाइ परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौ । उहाँको समर्पण, दृढता र विश्वसनीयता हाम्रो ब्रान्डका मुख्य मूल्यहरूसँग मेल खान्छन् । यस सहकार्यले ग्राहकहरूसँग हाम्रो सम्बन्ध अझ बलियो बनाउनेछ र बजारमा हाम्रो पहिचानलाई थप सुदृढ गर्नेछ।”

सोमपाल कामीले भन्नुभयो:- “जागुआर प्लाइसँग आबद्ध हुन पाउँदा म गर्व महसुस गर्दछु । यो ब्रान्डले मजबुती. गुणस्तर र विश्वासको प्रतिनिधित्व गर्छ। म यस ब्रान्डको विकासमा योगदान दिन र नेपालभरका उपभोक्तासँग जोडिन उत्साहित छु।”
जागुआर प्लाइले शटरिङ प्लाइउड, कमर्शियल प्लाइउड, फ्लस डोर तथा अन्य काठजन्य प्यानल उत्पादनमार्फत बजारमा आफ्नो बलियो पहिचान बनाएको छ । कम्पनीले नेपालका प्रमुख शहरहरूमा आफ्नो डिलर सञ्जाल विस्तार गर्दै आएको छ र गुणस्तरीय उत्पादनमार्फत ग्राहकहरूको विश्वास जित्दै आएको छ ।

सोमपाल कामीलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गर्नु जागुआर प्लाइको दीर्घकालीन ब्रान्चि॒ङ रणनीतिको महत्वपूर्ण हिस्सा हो, जसले बजारमा दृश्यता बढाउने, डिलर सम्बन्ध मजबुत बनाउने तथा आधुनिक निर्माण र इन्टेरियर आवश्यकताका लागि प्रिमियम गुणस्तरका उत्पादन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

यस सहकार्यलाई व्यापक मार्केटिङ अभियानमार्फत समर्थन गरिनेछ, जसमा डिजिटल प्रमोशन, सामाजिक सञ्जाल अभियान, युट्युब विज्ञापन, डिलर ब्रान्डिङ, रिटेल भिजिबिलिटी तथा प्रमुख शहरहरूमा बाह्य विज्ञापन समावेश हुनेछन् ।

जागुआर प्लाइबारे
Shree Ganesh Plywood Industries Pvt. Ltd. अन्तर्गत सञ्चालित जागुआर प्लाइ एक प्रिमियम प्लाइउड ब्रान्ड हो जसले निर्माण, फर्निचर तथा इन्टेरियर प्रयोजनका लागि उच्च गुणस्तरीय काठजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । कम्पनीले शटरिङ प्लाइउड, कमर्शियल प्लाइउड, फ्लस डोर तथा ल्यामिनेटजस्ता उत्पादनहरू प्रदान गर्दै आएको छ र बलियो डिलर सञ्जाल तथा ग्राहककेन्द्रित सेवामार्फत नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस