बीपी राजमार्गमा लापरबाही: ५ माइक्रोबस चालक नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (२ घण्टा अघि)
  • ४८ पटक पढिएको
बीपी राजमार्गमा लापरबाही: ५ माइक्रोबस चालक नियन्त्रणमा

काठमाडौं, २२ वैशाख। बाढीबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीहरूले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले माइक्रोबस चलाउने पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यात्रुहरूको जीउधनलाई समेत खतरा पुर्‍याइ सवारी चलाएको आरोपमा पक्राउ परेका ५ चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कार्यपलाञ्चोकको हिरासतमा राखी अनुसन्धान गरिरहेको एसपी कोमल शाहले जानकारी दिए ।

सोमबार साँझदेखि अविरल परेको पानीको कारण रोशी खोलाको बहाव बढ्न गई रोशी खोलाको बीच भागमा फसेका पाँचवटा माइक्रोबसका ८९ जना यात्रुहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहभागितामा राती १:०० बजे उद्धार गरि गन्तव्यसम्म पुर्‍याएको थियो ।

यो समय बीपी राजमार्ग भई यात्रा गर्दा जहिले पनि सूचना वा पूर्वजानकारी लिएर र प्रहरीको सुझावलाई समेत आत्मसात गरेर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस