‘न्यायपालिकालाई आफ्नो अनुकूल बनाउने र सेटिङ चलाउने यस्ता कुनै पनि कदम संवैधानिक मान्न सकिन्न,’ उनले एक्समा लेखेकी छन्, ‘शक्ति पृथकीकरणको सिद्धान्त विपरीत पनि भएको छ । न्यायालयको गरिमा जोगाउन यसका विरुद्धमा सबै डटेर उभिनु पर्छ ।’

काठमाडौँ, २५ बैशाख। नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको संवैधनिक परिषद्को निर्णयलाई स्वेच्छाचारिताको पराकाष्ठा भनेकी छन् ।
प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा स्थापित वरिष्ठताको परम्परा मिचेर चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिएपछि उनले यस्तो आरोप लगाएकी हुन् ।
‘स्थापित वरिष्ठताको परम्परा मिच्दै चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिनु विधिको शासनमाथि सिधै प्रहार हो,’ संग्रौलाले भनेकी छन्, ‘प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्को यो निर्णय स्वेच्छाचारिताको पराकाष्ठा हो ।’
उनले न्यायपालिकालाई आफ्नो अनुकूल बनाउने र ‘सेटिङ’ चलाउने सरकारको कदमलाई संवैधानिक मान्न नसकिने पनि उल्लेख गरेकी छन् । न्यायालयको गरिमा जोगाउन परिषद्को निर्णयविरूद्ध सबै डटेर उभिनु पर्ने सहमहामन्त्री संग्रौलाको भनाइ छ ।