क्यानमाथि नियम उल्लंघनको आरोप, राखेपलाई मन्त्रालयको कारबाही निर्देशन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (२ घण्टा अघि)
  • ४७ पटक पढिएको
क्यानमाथि नियम उल्लंघनको आरोप, राखेपलाई मन्त्रालयको कारबाही निर्देशन

काठमाडौं, २७ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानविन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालये राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारावही अघि बढाउन निर्देशन दिएको छ ।

मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्र पठाउँदै अन्तिम पटक स्पष्टिकरण सोधी जवाफ माग गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । उक्त पत्र राखेपमा २३ वैशाखमा दर्ता भएको छ ।

अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते परेको उजुरी सम्बन्धमा २०८१ पुस २५ गते मन्त्रालयमा सचिवस्तरको निर्णय र २०८२ भदौ ५ गते मन्त्रीस्तरीय निर्णय भई समिति गठन भई छानविन प्रक्रियाको जिम्मेवारी पाएपनि खेलकुद विकास ऐन २०७७ को दफा २८ खण्ड (च) र (ड) बमोजिम मन्त्रालय तथा परिषदबाट श्रेस्ताको जाँचबुझ गर्न सो सम्बन्धी अभिलेख उपलब्ध गराउने बाध्यात्मक व्यवस्था रहेकोमा सो कानुनी प्रावधा क्यानबाट पालना नभएको मन्त्रालयले परिषदलाई पठाएको पत्रमा उल्लेख छ ।

२०८२ वैशाख १४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार क्यानलाई अन्तिम पटक चेतावनीसहित स्पष्टीकरण सोध्दै कारवाही किन नगर्ने र निलम्बन किन नगर्ने भनी जवाफ माग्न भनेको छ ।

खेलकुद विकास ऐन २०७७ को दफा २९ बमोजिम क्यानलाई कारवाही गर्ने र निलम्बन गर्ने सम्मको कारवाही देखिएकोले आयोगको पत्र बमोजिम जवाफ र आवश्यक कागजात प्राप्त नभए खेलकुद ऐन २०७७ को दफा २९ बमोजिम किन कारावही नगर्ने र किन निलम्बन नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको छ ।

यस विषयमा क्यानबाट स्पष्ट जवाफ नआएमा कारवाही प्रक्रिया अघि बढाउन मन्त्रालयले राखेपलाई निर्देशन दिएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस