किर्ते हस्ताक्षरमार्फत ठूलो ठगी, ५० लाख हिनामिना गर्ने दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (४ महिना अघि)
  • २१५ पटक पढिएको
किर्ते हस्ताक्षरमार्फत ठूलो ठगी, ५० लाख हिनामिना गर्ने दुई जना पक्राउ

काठमाडौं, २७ वैशाख। श्रीमान्‌कै हस्ताक्षर किर्ते गरेर ५० लाख रुपैयाँ ठगी गरेको कसुरमा प्रहरीले पीडित व्यक्तिका श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा ढुंगेपाटनका ५२ वर्षीय मोहनबहादुर शाहीकी श्रमिती ४४ वर्षीया वन्ती शाही र सुर्खेतको बुद्धचोक घर भएका ४४ वर्षीय भद्र थापा छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले मोहन बहादुर शाहीको नाममा रहेको पोखरा महानगरपालिका–३० को कित्ता नम्बर २४४४ र २४४७ नम्बरको जग्गा मोहनको हस्ताक्षर कीर्ते गरी सिद्धार्थ बैंकमा राखी ५० लाख कर्जा लिएर ठगी गरेको पाइएको कास्कीका डीएसपी हरि बस्नेतले बताए ।

पक्राउ परेकाहरुविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस