चोरी भएका ६५ मोटरसाइकल फेला पार्दै ट्राफिकले धनीलाई बुझायो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
चोरी भएका ६५ मोटरसाइकल फेला पार्दै ट्राफिकले धनीलाई बुझायो

काठमाडौं, २७ वैशाख। काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट हराएका ६५ थान मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई हस्तान्तरण गरेको छ ।

उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा हराएका दुई पांग्रे सवारी (मोटरसाइकल र स्कुटर) काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा एसएसपी नवराज अधिकारीले आइतबार एक कार्यक्रमकाबीच सवारी हस्तान्तरण गरे । हराएका सवारी फेला परेपछि खुसी व्यक्त गर्दै सवारी धनीले ट्राफिकलाई खादा लगाउँदै लड्डुसमेत खुवाए ।

ट्राफिकले करिब ३० लाख मूल्य पर्ने मोटरसाइकल समेत भेट्टाएर धनीलाई हस्तान्तरण गरेको थियो । बबरमहलबाट हराएको अप्रिला कम्पनीको करिब ३० लाख रुपैयाँ मूल्य पर्ने मोटरसाइकल फेला पारेर बुझाइएको ट्राफिक प्रहरीले बताएको छ ।

अलिंक लामिछानेको उक्त मोटरसाइकल कालोपुलमा भेटिएका ट्राफिक प्रहरीका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । मोटरसाइकल धनी लामिछानेले उक्त मोटरसाइकल ३० लाखमा खरिद गरेको बताएका छन् ।

सवारी चोरी गर्ने क्रम बढेको भन्दै ट्राफिकले ह्विल लक लगाउन, जीपीएस तथा साइरन जोड्न समेत सवारी धनीलाई अनुरोध गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस