कांग्रेसका सांसदहरूका लागि सानेपामा अभिमुखीकरण तालिम आयोजना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३, आईतबार (१८ घण्टा अघि)
  • ४६ पटक पढिएको
कांग्रेसका सांसदहरूका लागि सानेपामा अभिमुखीकरण तालिम आयोजना

काठमाडौं, ०३ जेठ। नेपाली कांग्रेसले आज आफ्ना सांसदहरूसँग छलफल गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो ।

पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा रहेको सहजीकरण समितिले समसामयिक राजनीतिक घटनाक्रमसँगै संसदीय मामिलाका बारेमा सांसदहरूलाई जानकारी गराउनेछ ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी छन् । आज नेता गोविन्द पोखरेलले सहजीकरण गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस