२५ वर्ष पूरा गर्दै केएमसी : ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ५, मंगलबार (२१ घण्टा अघि)
  • ६६ पटक पढिएको
२५ वर्ष पूरा गर्दै केएमसी : ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन

काठमाडौं, ०५ जेठ। माध्यमिक शिक्षा एसईई उत्तीर्ण भएपछि कक्षा ११ मा भर्नाको लागि केएमसी नेटवर्कअन्तर्गतको काठमाडौं मोडेल सेकेन्डरी स्कुल बालकुमारीमा बुझ्न आएका थिए, पाल्पाका पृथ्वीराज गैरे ।

एसईईमा ३.७० जीपीए ल्याएका उनी म्यानेजमेन्ट पढ्न चाहेकाले विषयबारे  बुझ्न केएमसी आएका हुन् । ‘छात्रवृत्तिको लागि आवेदन दिएको थिएँ । त्यसबारे पनि बुझ्न आएको हुँ,’ उनले भने ।

केएमसीबारे सामाजिक सञ्जाल र सिनियर दाइहरूबाट थाहा पाएर उनी केएमसी बालकुमारीमा आइपुगेका हुन् । सोमबार दिउँसो केएमसी आएका उनलाई निर्देशक सुरेन्द्र सुवेदीले शैक्षिक परामर्श गरिरहेका थिए ।

कुन विषय पढ्यो भने के हुन्छ ? विद्यार्थीको रुचि अनुसारको विषयबारे सुवेदीले परामर्श दिइरहेका थिए । र, गैरेले पनि आफ्नो जिज्ञासा र प्रश्न निर्देशक सुवेदीसँग खुलेर राखे ।

बाराका सुश्रित सोडारी पनि कक्षा ११ को भर्नाबारे बुझ्न केएमसी पुगेका थिए । आइटीमा रुची भएका उनी कम्युटर विषयबारे बुझ्न केएमसी पुगेका थिए । ‘सिनियर दाइहरूबाट थाहा पाएर आएको हुँ । केएमसी राम्रो छ भनेर चर्चा भएकाले हो,’ उनले भने । उनलाई पनि निर्देशक सुवेदीले काउन्सिलिङ गरे । आईटी विषयबारे सुवेदीले सोडारीलाई परामर्श दिए ।

१३ हजारको आवेदन

यसरी केएमसीमा सोडारी र गैरे मात्र होइन भौतिक र भर्चुलरुपमा विद्यार्थी कक्षा ११ को भर्नाका लागि आइरहेका छन्। स्कुलमा परामर्श र भर्नाको लागि अभिभावक र विद्यार्थीको लाइन लागेको छ । सोमबार दिउँसोसम्म मात्र केएमसी बागबजार र बालकुमारीमा गरी  १३ हजार विद्यार्थीको आवेदन आएको छ । “अझै आवेदन आउने क्रम जारी छ,” निर्देशक सुवेदीले भने ।

अत्याधिक विद्यार्थी आएपछि स्कुलले प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गर्नेछ । ‘मंगलबार (आज) प्रवेश परीक्षाको लागि १० वटा सेन्टर राखिएको छ । धेरै विद्यार्थी भएकाले एकै ठाउँमा इन्ट्रान्स परीक्षा राख्न सकदैन,’ निर्देशक सुवेदीले भने ।

उनका अनुसार कक्षा ११ मा बालकुमारीमा ७५० र बागबजारमा २००० को क्षमता छ । त्यसैले इन्ट्रान्स परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको हो ।

२५ वर्षदेखि गुणस्तरीय शिक्षा

केएमसीले २५ वर्षदेखि गुणस्तरीय शिक्षा दिइरहेको छ । गत वर्षमात्र १६ जनाले बोर्ड टप गरेको छन् । निर्देशक सुवेदीका अनुसार केएमसी पढेका ५८ जनाले मेडिकलमा छात्रवृत्तिमा नाम निकालेको छन् । त्यसैगरी ७४ जनाले पुल्चोकमा नाम निकालेका छन् । १० जनाले देश बाहिर ठूलो छात्रवृत्ति पाएका छन् ।

सीए अध्ययन गर्न भारत जानेको संख्या पनि उत्तिकै छ नतिजाको आधारमा शीर्ष ५ भित्र पर्ने गरेको छ । कक्षा ११ र १२ को साथै उच्च शिक्षाको बीबीए, बीबीएम, बीसीए, बीए साइकोलोजी, सोसलवर्क, बीबीएस लगायका कार्यक्रम पनि सञ्चालनमा छन् ।

क्यूएए प्राप्त

केएमसीले गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र पाएको छ । ‘उत्कृष्ट विद्यालयको अवार्डसमेत पाएको छ,’ उनले भने, ‘शिक्षामा केएमसी उकालो लागेको छ । यो गुणस्तरीय शिक्षाको परिणाम हो ।’

शिक्षा मन्त्रालयबाट २०७५ मा +२ उत्कृष्ट सिकाइ उपलब्धि सम्मान पनि पाएकोछ  । महालक्ष्मी नगरपालिकाबाट उत्कृष्ट सिकाइ उपलब्धि सम्मान २०८२ केएमसीले पाएको छ ।

छात्रवासको व्यवस्था

बागबजार र बालकुमारी दुबैमा छात्रावासको व्यवस्था छ । काठमाडौं उपत्यका बाहिरबाट केएमसीमा अध्ययन गर्न चाहनेलाई छात्रवासकोसमेत व्यवस्था गरिएको छ । ‘छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रवास छ,’ उनले भने । ११ मा बाहिर जिल्लाबाट आएका विद्यार्थीलाई छात्रवासले सहज बनाएको छ । छात्रावासमा राम्रो खाना र बस्नको व्यवस्था छ ।

२० प्रतिशत छात्रवृत्ति

केएमसीले विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । काठमाडौं महानगगरबाट छनोट भएर आउने विद्यार्थीले बागबाजारमा १५ प्रतिशत छात्रवृत्ति पाउँछन् । ललितपुरको हकमा महालक्ष्मी नगरपालिकासँग समन्वय गरेर स्कुलले नै छात्रवृत्ति दिने गरेको छ । केएमसीले १५ प्रतिशत बाहेक अन्य छात्रवृति पनि दिने गरेको छ । ‘सबै गरेर २० प्रतिशत छात्रवृति हुन्छ,’ निर्देशक सुवेदीले भने ।

यो वर्ष थप अतिरिक्त छात्रवृत्तिको वयवस्था गरिएको छ ।

स्थापनाको २५ वर्ष पुगेको अवसरमा यो वर्ष केएमसीले बागबजार र बालकुमारीमा २५–२५ जना गरी ५० जनालाई छात्रवृत्ति दिने भएको छ । ‘उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा पढाउछौं,’ निर्देशक सुवेदीले भने, ‘छात्रवृत्तिमा बालकुमारीमा अध्ययन गर्नेलाई छात्रवासको समेत व्यवस्था छ ।’

बागबजार र बालकुमारी रोज्ने अवसर

केएमसी बागबजार र ललितपुरको बालकुमारीमा छ । विद्यार्थीले आफूलाई पायक पर्ने स्थान रोज्न पाउने अवसर छ । काठमाडौ उपत्यका भित्र आफूलाई पायक जहाँ पर्छ त्यही रोज्न पाइन्छ । “बागबजार र बालकुमारीको केएमसी एउटै हो । दुवै अब्बल छ । आफूलाई पायक पर्ने रोज्न सकिन्छ,” सुवेदीले भने ।

विद्यार्थीलाई सहज बनाउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र यातायातको व्यवस्था गरेको छ । निर्देशक सुवेदीका अनुसार काठमाडौं, ललितपुर र भक्तपरमा केएमसीको गाडी पुग्छ ।

अब्बल शिक्षक

केएमसीले अनुभवी शिक्षक राख्ने गरेको छ । जसका कारण शैक्षिक गुणस्तर राम्रो भएको हो । ‘९० प्रतिशत पूर्णकालीन शिक्षक राखिएको छ । विषय विज्ञ र पीएचडी गरेका शिक्षक हुनुहुन्छ,’ उनले भने । केएमसीमा बिहान र दिउसो दुई सत्रमा पढाइ हुन्छ । विद्यार्थीले आफूलले चाहेको समयमा पढ्न सक्छन् ।

प्रयोगात्मक अभ्यास

केएमसीले सैद्धान्तिक मात्र होइन प्रयोगात्मक अभ्यासलाई जोड दिएको छ । व्यवस्थापन, विज्ञान र कानुनका विषयमा स्कुलमा नै विद्यार्थीले प्राक्टिकल गर्ने व्यवस्था छ । कानुनका विद्यार्थीले अदालतको जस्तै प्राक्टिकल गर्न पाउँछन् । ‘नमुना अदालत ‘मुटकोर्ट’ छ । विद्यार्थीले सबै प्राक्टिस गर्न पाउँछन्,’ उनले भने । कानुनको पढाइ सकिदा विद्यार्थी अदालतमा उपस्थित भएर बहस गर्ने जस्तै बनिसक्छन् ।

स्कुलमा एन्क्युभेसन सेन्टर र इनोभेसन ल्याब पनि छ । समय सापेक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित केएमसीले ल्याब बनाएको हो ।

खेलकुद गतिविधि

अतिरिक्त गतिविधिमा पनि केएमसीले जोड दिएको छ । सैद्धान्तिक ज्ञान मात्र होइन विद्यार्थीको स्किलको आधारमा अतिरिक्त गतिविधिमा जोड दिएको छ । बास्केटबल, ब्याडमिन्टन, पौडी, क्रिकेट, फुटसल टेबलटेनिस लगायतका देलकुद प्रतियोगिता गर्ने गरेको छ । यसवर्षदेखि स्कुलले थिएटरसमेत बनाएको छ ।

मनोसामाजिक परामर्श सेवा, विशेष हेरचाह र अनुशासन केन्द्रित परामर्श कक्ष, व्यक्तित्व विकास र संस्कारयुक्त शिक्षा कार्यक्रम, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधि कला, संगीत तथा सामाजिक सेवा कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ । वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि विद्यार्थीलाई सिकाउने गरेको छ ।

“समाज र देश बुझ्ने जनशक्ति उत्पादन गर्न चाहेका हौँ,” निर्देशक सुवेदीले भने ।

शुल्क कति  ?

केएमसीले समयम अनुकुलको शुल्क निर्धारण गरेको छ । बालकुमारीमा विज्ञान विषयको कक्षा ११ मा वार्षिक २ लाख ७ हजार ९०० कक्षा १२ मा १ लाख ९७ हजार ९०० रहेको छ । म्यानेजमेन्टको  कक्षा ११ मा १ लाख ५८ हजार ९०० र १२ कक्षाको १ लाख ४८ हजार ९०० छ । कानुनको  कक्षा ११ मा १ लाख ५८ हजार ९०० र कक्षा १२ मा १ लाख ४८ हजार ९०० छ । बागबजारमा भने यो भन्दा थोरै बढी छ ।

देशैभरका विद्यार्थीको रोजाइमा

देशका विभिन्न जिल्लाबाट अध्ययन गर्न विद्यार्थी कीएमसी आइपुगेका छन् । ती मध्येका एक हुन्, दैलेखका परिक्षित थापा। उनी हाल केएमसी बालकुमारीमा कक्षा ११ को फाइनल परीक्षा दिइरहेका छन् ।

कक्षा १० मा पढ्दा नै उनले दैलेखमा केएमसीबारे सिनियर दाइहरूबाट सुनेका थिए । उनले पनि केएमसीमा कम्युटर विषय रोजे ।  ‘यहाँको पढाइ राम्रो छ । पढाउने तरिका मन पर्छ । ल्याब लाइब्रेरी छ । सरहरूले पनि राम्रोसँग पढाउनु हुन्छ’, उनले भने ।

पर्साकी प्रसंशा शाहले विज्ञान वियय पढ्न केएमसी नै रोजिन् । ‘केएमसीमा विज्ञान विषय रा्रमो छ भनेर पर्सादेखि आएको । ११ को अन्तिम परीक्षा चलिरहेको छ । यहाँको पढाइ राम्रो छ,’ उनले भनिन् । पर्सामा कलेज नभएको होइन तर डाक्टर बन्ने सपना बोकेकी उनले केएमसी रोजेकी हुन् । “राम्रो शैक्षिक वातावरणमा पढ्न चाहने विद्यार्थीलाई केएमसी उपयुक्त छ”, थापा र शाहले भने ।

 

ताजा अपडेट

खोजी गर्नुहोस