संसदीय सुनुवाइमा नयाँ मोड : शर्मामाथिका उजुरीहरू सार्वजनिक गरियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ५, मंगलबार (२१ घण्टा अघि)
  • ४३ पटक पढिएको
संसदीय सुनुवाइमा नयाँ मोड : शर्मामाथिका उजुरीहरू सार्वजनिक गरियो

काठमाडौं, ०५ जेठ। प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको जारी बैठकमा उनीमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सांसदहरुलाई सदस्यहरुलाई वितरण गरिएको छ ।

शर्मा उपर १६ वटा उजुरी (११ वटा इमेलबाट र ५ वटा लिखित निवेदन) परेका छन् ।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार आज उजुरीकर्तासँग छलफल गर्ने र आजै प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गर्ने तयारी छ ।

२४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस