रास्वपाले बारा जिल्ला समिति नबनाउने, वडा र पालिका अधिवेशनमा जोड

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १०, आईतबार (११ घण्टा अघि)
  • ११ पटक पढिएको
रास्वपाले बारा जिल्ला समिति नबनाउने, वडा र पालिका अधिवेशनमा जोड

काठमाडौ, १० जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिको तदर्थ समिति गठन नगरी वडा र पालिकाको अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ ।

पार्टीले रास्वपा बाराका संस्थापक सभापति चन्दन स्वर्णकारलाई बर्खास्त गरेको थियो ।

विवादित जिल्ला समिति भंग गरेर केन्द्रीय तहबाट नेताहरू पठाएर शनिबार (हिजो) विस्तारित बैठक गरिएको थियो । केन्द्रीय नेताहरूसहित हिजो भएको विस्तारित बैठकले तदर्थ समिति गठन नगरी वडा र पालिका अधिवेशनमा लाग्ने निर्णय गरेको हो ।

वडा र पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको छ । पालिका अधिवेशन जेठ १७ गतेका लागि तोकिएको छ । तदर्थ समिति गठनको भएका वडाको अधिवेशन जेठ १२ गते र गठन हुन बाँकी रहेका पालिकाको तदर्थ समिति १३ गते गर्ने निर्णय गरिएको छ ।

वडा/पालिका समिति गठन गर्न ५ जना प्रतिनिधि खटाउने निर्णय पनि गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस