प्रधानमन्त्री संसद्‌मा आउनुपर्ने विपक्षी मागमा सभामुखको समर्थन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १२, मंगलबार (६ घण्टा अघि)
  • ५१ पटक पढिएको
प्रधानमन्त्री संसद्‌मा आउनुपर्ने विपक्षी मागमा सभामुखको समर्थन

काठमाडौ, १२ जेठ। संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको मागमा सभामुख डोल प्रसाद अर्यालले समर्थन जनाएका छन् । साथै, छिट्टै प्रधानमन्त्री संसद्मा उपस्थित हुने विश्वास पनि व्यक्त गरे ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीकाके उपस्थिति बिना सदन चल्न नदिने अडान राखे ।

त्यसपछि सभामुखले संसद्‌मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको मागमा समर्थन जनाएका हुन् ।

‘हामीले केही दिन देखि एउटै विषयमा प्रवश गरिरहेका छौं । प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्‍यो र सार्वभौम सांसदले उठाउन् प्रश्नको जवाफ दिनुपर्‍यो । आफ्ना कुरा राखिदिनुपर्‍यो । जनतालाई सम्बोधन गरिदिनुपर्‍यो । जुन विषय अत्यन्तै जायज छ । संविधानत: छ । नियमावलीसम्मत छ । कानुनसम्मत छ । जनताको माग पनि त्यही हो,’ सभामुखले भने ।

 

ताजा अपडेट

खोजी गर्नुहोस