संसद्‍मा तनाव, हर्क साम्पाङको चेतावनी : प्रधानमन्त्री उपस्थित गर या मलाई निकाल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (२ हप्ता अघि)
  • ६७ पटक पढिएको
संसद्‍मा तनाव, हर्क साम्पाङको चेतावनी : प्रधानमन्त्री उपस्थित गर या मलाई निकाल

काठमाडौ, १३ जेठ। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले उठेर विरोध गरे । प्ले कार्ड देखाएर प्रधानमन्त्रीको उपस्थिति संसद्मा खोजे ।

सभामुख डोल प्रसाद अर्यालले समय दिएपछि आफ्ना कुरा राखे । त्यसक्रममा उनले भने, ‘सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन सक्नुभएको छैन । यसकारणले म मागद गर्दछु– यहाँले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीज्यस्लाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको नियम ३१ को १ लागू गरेर मलाई यो सदनबाट निस्कासन गरेर यो सदनकको गरिमा बढाइदिनुहुन अनुरोध गर्दछु ।’

कि संसद्मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई निकाल्नुपर्ने उनको आग्रह छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस