चोरीमार्फत ६ करोड सम्पत्ति जोडेको आरोपमा प्रेम कारागार चलान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (८ घण्टा अघि)
  • ३९ पटक पढिएको
चोरीमार्फत ६ करोड सम्पत्ति जोडेको आरोपमा प्रेम कारागार चलान

काठमाडौ, १३ जेठ। चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले थारूलाई कारागार चलानको आदेश दिएको हो ।

चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेको उनी अदालतको आदेशपछि कारागार चलान भएका छन् ।

उनी पछिल्लो पटक बौद्धको एक घरबाट ६५ तोलाभन्दा बढी सुन चोरी गरेको आरोपमा गत माघमा पक्राउ परेका थिए । प्रहरीले उनलाई राजधानीमै गोली हानेर पक्राउ गरेको थियो ।

अनुसन्धान गर्दा उनले एक करोडको हाइलक्स गाडी चढ्ने, चोरी गरेकै रकमले बाँकेमा साढे तीन तले घर बनाएको समेत खुलेको थियो । त्यसपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दा समेत चलाएको थियो ।

यसअघि पनि उनी पटक पटक पक्राउ गर्दै मुद्दा चलेर थुनामा गएका व्यक्ति हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस