कोशी प्रदेश सभामा तनाव : विपक्षी सांसदद्वारा रोस्ट्रमको माइक फाल्ने प्रयास, बैठक स्थगित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (७ घण्टा अघि)
  • ३४ पटक पढिएको
कोशी प्रदेश सभामा तनाव : विपक्षी सांसदद्वारा रोस्ट्रमको माइक फाल्ने प्रयास, बैठक स्थगित

काठमाडौ, १३ जेठ। कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् ।

प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्ट्रममा माइक फाल्न पुगेका हुन् ।

माइक फाल्ने प्रयास गर्दा उनलाई मर्यादा पालककले रोकेका थिए ।

प्रतिपक्षी सांसदको सिटबाट कुदेर रोस्ट्रममा पुगेका उनले माइक फाल्न खोजेपछि मर्यादा पालकले रोकेर रोस्ट्रमबाट तल झारेका थिए ।

सभामुखले सांसदलाई मर्यादामा बस्न आग्रह गरे ।

मंगलबारको प्रदेश सभा बैठकमा संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए ।

बुधबारको बैठकमा पनि प्रतिपक्षले विरोधलाई निरन्तरता दिए ।

प्रतिपक्षको विरोधपछि सभामुखले प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस