दल निकट कर्मचारीका नेताहरूलाई दुर्गम क्षेत्रमा सरुवा

  • Wartman Kal Dainik
  • / कार्यक्रम /
  • २०८३ जेष्ठ १३, बुधबार (७ घण्टा अघि)
  • ४३ पटक पढिएको
दल निकट कर्मचारीका नेताहरूलाई दुर्गम क्षेत्रमा सरुवा

काठमाडौ, १३ जेठ। सरकारले राजनीतिक दलको ट्रेड युनियन निकट रहेका २० कर्मचारीलाई दुर्गम स्थानमा सरुवा गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय मातहतका कार्यालयमा हुने गरी नाम पठाएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुनेहरुको सूची पठाए अनुसार गृहले आफू मातहतका कार्यालयमा कर्मचारीलाई खटाएको हो । सरुवा हुने सबै नायब सुब्बा सरहका कर्मचारी छन् ।

कर्मचारी युनियनका अध्यक्ष उत्तम कटुवालले आफ्नो संगठनका ६ जनालाई दुर्गममा सरुवा गरेको बताए । ‘सरकारले अदालतको अन्तरिम आदेशको बेवास्ता गरेर प्रतिसोधपूर्ण तरिकाले सरुवा गरेको छ । यसबारे हामी छलफल गरेर निर्णय गर्छौं’, कटुवालले भने ।

सरुवा हुनेमा एमाले निकट कर्मचारी संगठनका महासचिव आरसी अधिकारीलगायत अन्य पदाधिकारीहरु दुर्गममा सरुवा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस