विवाद र तनावबीच अस्पताल उद्घाटन, लम्कीचुहामा सुरक्षा व्यवस्था कडा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १४, बिहिबार (२ हप्ता अघि)
  • ५४ पटक पढिएको
विवाद र तनावबीच अस्पताल उद्घाटन, लम्कीचुहामा सुरक्षा व्यवस्था कडा

कैलाली, १४ जेठ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेयर सुशीला शाहीसँगको विवाद बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्ने कार्यक्रम राखेपछि वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्यमन्त्री शाह आज बिहान अस्पताल उदघाटन गर्न लम्कीचुहा आउने कार्यक्रम छ ।

मुख्यमन्त्री पुग्नुअघि नै उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

१५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवसहितका तीन जना कर्मचारी गत वैशाखमा पठाएको थियो । तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिर नगर्न भनेपछि विवाद बढेको थियो । सोही विवादका कारण गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसमेत भएपछि लम्की क्षेत्रमा तनाव भएको थियो ।

प्रादेशिक अस्पताल बनाउने सबै प्रक्रिया पूरा गरेर प्रदेशले बजेट समेत विनियोजन गरिसकेको छ तर नगरपालिकाले अस्पताल हस्तान्तरण गर्न नमान्दा विवाद भइरहेको छ । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र मेयर सुशीला शाहीबीचको आन्तरिक द्वन्द्वका कारण समस्या सिर्जना भएको दाबी गरिएको छ ।

अस्पतालको विषयलाई लिएर मेयर शाहीका समर्थकहरूले प्रदर्शन र अवरोध गर्न सक्ने भन्दै आज बिहानैदेखि सुरुक्षा व्यवस्था कडा पारिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस