सङ्खुवासभामा पहिरो खस्दा उत्तर–दक्षिण राजमार्ग अवरुद्ध

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १६, शनिबार (१ हप्ता अघि)
  • ४० पटक पढिएको
सङ्खुवासभामा पहिरो खस्दा उत्तर–दक्षिण राजमार्ग अवरुद्ध

सङ्खुवासभा, १६ जेठ। उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ मा सुख्खा पहिरो खसेको छ । खाँदबारी -किमाथाङ्का सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

माथिबाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । सडकमा खसेको ठूला-ठूला ढुङ्गासहितको सुख्खा पहिरोले सडक अवरुद्ध भएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

उक्त पहिरोले करिव १५ मिटर कच्ची सडकखण्ड पुरिएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन वारपार गर्न सकेको छैनन् । पहिरो हटाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस